अमेरिका पुगेका राहुल गान्धीको ट्रक यात्रा, ड्राइभरको कमाइ सुनेर छक्क परे

अमेरिका पुगेका राहुल गान्धीको ट्रक यात्रा, ड्राइभरको कमाइ सुनेर छक्क परे

मे ३० देखि अमेरिका भ्रमणमा रहेका भारतीय कांग्रेसका नेता राहुल गान्धीले अमेरिकामा ट्रक सवार गरेका थिए। 

राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेका हुन्। उनले यसको भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरेका छन्। यस क्रममा राहुलले भारतीय मूलका ट्रक चालक ताजिन्द्र सिंहलाई आफ्नो आम्दानीबारे सोधे। जब चालकले आफ्नो कमाइ बताए, राहुल छक्क परे।

ताजिन्द्रले राहुललाई भारतका ट्रक चालकहरूले ड्राइभरको तुलनामा धेरै कमाउने गरेको बताए। ताजिन्द्रले भने, 'भाडाअनुसार चलाउँदा ५-६ लाख कमाइन्छ।

ताजिन्द्रले भने, 'यदि तपाईंसँग आफ्नै ट्रक छ भने, तपाईंले एक महिनामा ८ लाख रुपैयाँसम्म कमाउन सक्नुहुन्छ।'

यो सुनेर राहुल छक्क परे। ताजिन्द्रले अमेरिकामा ट्रक चलाएर धेरै कमाउन सकिने बताए। उनले भारतमा ट्रक चालकले आफ्नो परिवारलाई राम्ररी पाल्न सकिने बताए। 

राहुल वासिङ्टनदेखि न्यूयोर्कको यात्रामा ट्रक चालकको छेउमा बसेका थिए। त्यस क्रममा राहुललाई ताजिन्द्रले अमेरिकामा ट्रक चलाउनु सम्मानको काम हो भनी बताएका थिए। 

जेठ ३०, २०८० मंगलबार २०:३८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।