नागरिकता माग्दै माइतीघरमा आत्मदाहको प्रयास

नागरिकता माग्दै माइतीघरमा आत्मदाहको प्रयास

काठमाडौं : नागरिकता माग गर्दै माइतीघरमा प्रदर्शनरत एक युवाले आत्मदाहको प्रयास गरेका छन्।

मंगलबार विहानैदेखि नागरिकता माग गर्दै आन्दोलन गरिरहेका मोरङ कटहरीका निरजकुमार कामतले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्।

उनले पेट्रोल खन्याउँदै गर्दा प्रहरीले रोकेको थियो। उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।

उनका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएको भए पछि पछिल्लो पाँच वर्षदेखि नागरिकता नपाएर उनी आन्दोलनमा छन्।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।

जेठ ३०, २०८० मंगलबार १९:०६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।