राष्ट्रपति पौडेललाई भोलि डिस्चार्ज गरिने

राष्ट्रपति पौडेललाई भोलि डिस्चार्ज गरिने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार डिस्चार्ज गरिने भएको छ।

शहीद गंगालाल राष्ट्रिय हृद्य केन्द्रले प्रेस नोट निकालेर बुधबारसम्म डिस्चार्ज गर्ने जनाएको हो।

राष्ट्रपति पौडेले स्वास्थ्य परीक्षणका क्रममा मंगलबार केन्द्रमा भर्ना भएका थिए।

चिकित्सकहरूको सल्लाहअनुसार २४ घण्टासम्म अवलोकन (अबजरभेसन)मा राख्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।

उनका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यअवस्था अहिले सामान्य छ।

जेठ ३०, २०८० मंगलबार १८:२२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।