पहिलो वार्मअप खेलमा नेपालले युएईलाई दियो २७७ रनको लक्ष्य

पहिलो वार्मअप खेलमा नेपालले युएईलाई दियो २७७ रनको लक्ष्य

काठमाडौं : नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो वार्मअप खेलमा युएईलाई २ सय ७७ रनको लक्ष्य दिएको छ।

हरारे टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय ७६ रन बनाएको हो।

४४ ओभरमा ३ विकेटको क्षतिमा २३५ रन जोडेको नेपालले त्यसपछि ४१ रन जोड्दा बाँकी ७ विकेट गुमायो।

जिम्बावे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो।

तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरन्यान्ड्ससँग खेलेको दुवै अभ्यास खेल हारेको थियो।

युएईले विश्वकप छनोटलाई ध्यानमा राखेर वेस्ट इन्डिजसँग तीन खेलको ओडिआई सिरिज खेलेको थियो।

नेपाल र युएईबीचको पछिल्लो पाँच खेलमा चार खेलमा नेपाल विजयी हुँदा एक खेल युएईले जितेको छ।

जेठ ३०, २०८० मंगलबार १६:४८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।