मध्यरातमा हतौडाले हानेर आफ्नै दाइको हत्या, विहान प्रहरीले पक्रियो

मध्यरातमा हतौडाले हानेर आफ्नै दाइको हत्या, विहान प्रहरीले पक्रियो

काठमाडौं : मध्यरातमा हतौडा प्रहार गरी आफ्नै दाइको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२३ बसन्तपुरस्थित ओमबहालका २५ वर्षीय सुरज शाक्य रहेका छन्।

४५ वर्षीय दाजु सूर्य शाक्यसँग घरायसी विषयमा विवाद हुँदा भाइ सुरजले मध्यराति १२ बजे धारिलो हतियार र हतौडाले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ।

प्रहरीलाई घटनाबारे विहान ८ बजेर २० मिनेटमा जानकारी आएपछि प्रहरी नायव उपरीक्षक भेषराज रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्लको मुचुल्का उठाएको थियो।

शवलाई पोष्टमार्टमको लागि पठाइएको छ भने हत्यामा संलग्न भनिएका सुरजलाई पनि विहान पौने १० बजे पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जेठ ३०, २०८० मंगलबार १४:२७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।