बर्दिबासको जंगलमा २१ वर्षीया युवती बलाकृत, एक पुरुष पक्राउ

बर्दिबासको जंगलमा २१ वर्षीया युवती बलाकृत, एक पुरुष पक्राउ

महोत्तरी : बर्दिबासको जंगलमा २१ वर्षीया युवती बलात्कृत भएकी छन्।

युवती बलात्कारको आरोपमा प्रहरीले बर्दिबास नगरपालिका-१० खयरमारा बस्ने ४५ वर्षीय सोमबहादुर थिङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

थिङले ती महिलालाई बर्दिबास नगरपालिका–१० खैरबनास्थित खयरमारा झोरा खोला छेउको झार जंगलमा बलात्कार गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जेठ ३०, २०८० मंगलबार १४:१३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।