बगैंचाको विवादमा छिमेकीले गोली हानेर ११ वर्षीया बालिकाको ज्यान लिए, बहिनी भागेकाले बाँचिन्

बगैंचाको विवादमा छिमेकीले गोली हानेर ११ वर्षीया बालिकाको ज्यान लिए, बहिनी भागेकाले बाँचिन्

एजन्सी : बगैंचाको विवादमा फ्रान्सको सेन्ट-हर्बोटमा छिमेकीले एक ११ वर्षीया बालिकाको गोली हानी हत्या गरेका छन्।

सीएनएनका अनुसार बगैंचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा भएको असहमतिका कारण गोली हानेर छिमेकीले सोलाइन थोरटोन नाम गरेकी बेलायती बालिकाको ज्यान लिएका हुन्।

सोलाइनको परिवार बगैंचामा बसेका बेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको बताइएको छ । 

सोलाइन र उनकी बहिनी बगैंचामा पिङ खेलिरहेका बेला उनले गोली चलाएका थिए। जसमा सोलाइनको मृत्यु भयो भने उनकी ८ वर्षीय बहिनीले भागेर ज्यान जोगाएकी थिइन्।

स्थानीय मेयरको कार्यालय अनुसार आक्रमणमा उनका आमाबुबा पनि गम्भीर घाइते भएका छन्। घटनाको एक घण्टापछि आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

जेठ ३०, २०८० मंगलबार १४:०५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।