कान्ति अस्पतालको चिसो भुईंमा आमाहरू, काखमा बिरामी सन्तान (फोटो फिचर)

कान्ति अस्पतालको चिसो भुईंमा आमाहरू, काखमा बिरामी सन्तान (फोटो फिचर)

काठमाडौंः मन्त्री नियुक्त भएसँगै आफ्नो क्षेत्रको कार्यालयहरूमा अनुगमनमा जाने, निर्देशन दिने मन्त्रीहरूको नियमित स्टन्ट नै हो। 

स्वास्थमन्त्री मोहनबहादुर बस्नेत यस्तोमा किन छुट्थे र ! स्वास्थमन्त्री नियुक्त भएसँगै पहिला कान्ति बाल अस्पताल पुगेर पर्याप्त कुर्सी, डिजिटल टिकट काउन्टरको सेवा चुस्त बनाउन निर्देशन दिएका थिए। 

अस्पताल प्रमुखले 'हस' पनि भनेका थिए। मन्त्री फर्किए। अनुगमन अनि निर्देशनको समाचारका हेडलाइन पनि बने।

के अस्पतालको अवस्था सुध्रियो त ? 

मंगलबार उकेराकर्मी अस्पताल पुग्दा अवस्था उस्तै थियो। अस्पतालको टिकट काट्ने ठाउँदेखि ओपीडी कक्षसम्म अधिकांश आमाहरूले भरिएका थिए। 

बिरामी सन्तान जँचाउने पालो कुरेका हुन् कि टिकट कुरेका आमाहरू हुन् उनीहरू काखमा सन्तान बोकेर चिसो भुईंमा बसिरहेका थिए।

जेठ ३०, २०८० मंगलबार १३:२२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।