कांग्रेसले अर्को चुनावमा कसैसँग गठबन्धन गर्दैन : गगन थापा

कांग्रेसले अर्को चुनावमा कसैसँग गठबन्धन गर्दैन : गगन थापा

मकवानपुर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन्।

कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा सोमबार हेटौंडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यो धारणा राखेका हुन्।

‘कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्छौं तर अब कसैसँग सम्झौता गर्दैनौं। चुनावअघि नै गठबन्धन गर्दा पार्टी प्रतिको विश्वास डगमगाउने अवस्था देखियो,’ उनले भने।

उनले आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता व्यक्त गरे।

जेठ ३०, २०८० मंगलबार ११:५५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।