कोकाहा खोलाबाट पानी ल्याएपछि रोए धरानका मेयर हर्क

कोकाहा खोलाबाट पानी ल्याएपछि रोए धरानका मेयर हर्क

काठमाडौँः श्रमदान गरेरै चर्चा कमाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानवासीको खानेपानी सपना पूरा गरेका छन्। 

निर्वाचनका बेला जसरी पनि धरानवासीलाई पानी पिलाउने बाचा गरेका उनले कोकाहा खोलाको पानी ल्याउन सफल भएका हुन्। 

गत वैशाखमा भएको निर्वाचनमा उनी मेयरमा निर्वाचति भएका थिए। उनले एक वर्षमा धरानवासीलाई पानी दिलाउन सफल भएका हुन्। 

पानी ल्याएको क्षण उनी धेरै भावुक देखिए। आँखाभरि आँशु बनाउँदै उनी पानीको फोहोरा हेर्दै केहीबेर टोलाएका थिए। 

धरानमा पानी नलिई फर्किन्नँ भने अभियानै चलाएका उनले मंगलबार राति १२ बजेर ३ मिनेटमा श्रम अभियानअन्तर्गत कोकाहाको पानी धरानको पकुवा खोलामा झार्न सफल भए। करिब ४३ किलोमिटर पाइपको दूरी पार गरेर पकुवामा कोकाहाको पानी खसाइएको हो। 

पकुवामा खानेपानी आइपुगेपछि राति नै हर्क त्यहीँ पुगेका पुगेका थिए। कोकाहाको पानी पकुवा खोलामा खस्न थालेपछि साम्पाङ भावविह्वल भएका थिए। उनले पाइपबाट खस्दै गरेको उक्त पानीको फोहोरामा मुख धोए, पानीमा भिजिरहे। 

जेठ ३०, २०८० मंगलबार ११:०८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।