मेस्सी गइसके, अब एम्बाप्पेलाई पनि बेच्ने तयारीमा पीएसजी
एजेन्सी : फ्रेन्च क्लब पीएसजीले आफ्नो स्टार स्ट्राइकर केलियन एम्बाप्पेलाई बेच्ने तयारी गरेको छ।
एम्बाप्पेले क्लबसँगको आफ्नो सम्झौता नवीकरण नगर्ने जनाएपछि पीएसजीले उनलाई बेच्ने तयारी गरेको हो।
यसै सिजन दुई स्टार खेलाडी लियोनल मेस्सी र सर्जियो रामोसले पनि पीएसजी छाडिसकेका छन्।
फ्रेन्च स्टार एम्बाप्पेको पीएसजीसँगको सम्झौता अर्को वर्ष सकिंदैछ। त्यसैले उनलाई फ्रि ट्रान्सफरमा सित्तैमा अन्य क्लबमा पठाउनुको सट्टा उनलाई बेचेर पैसा कमाउने योजना पीएसजीको रहेको छ।
सन् २०१८ को विश्वकप विजेता २४ वर्षीय एम्बाप्पे पीएसजीका सर्वाधिक गोलकर्ता खेलाडी हुन्।
जेठ ३०, २०८० मंगलबार ११:०८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।