नेपालको उत्कृष्ट बलिङ, पाकिस्तान ८७ रनमै अल आउट
काठमाडौं : नेपालले महिला इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानलाई ८७ रनमै अल आउट गरेको छ।
खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले पाकिस्तान ‘ए’ टिमलाई १९.२ ओभरमा मात्र ८७ रनमा अल आउट गर्यो।अब जितका लागि नेपालले ८८ रनको लक्ष्य पाएको छ।
हङकङ सुरु भएको टि-२० प्रतियोगिताको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सस्तैमा समेट्न इन्दु बर्माले ३ ओभरमा मात्र ६ रन दिएर ३ विकेट लिइन्।
त्यसैगरी कविता कुंवर, कविता जोशी र सीता राना मगरले २/२ विकेट लिए। पाकिस्तानको लागि सावाल जुलफिकरले सर्वाधिक २८ रन जोड्दा अन्य ब्याटर जम्न सकेनन्।
भिसाको कारण थाईल्यान्डले प्रतियोगितामा सहभागिता नजनाएपछि नेपालले यो प्रतियोगिता खेल्न पाएको हो। प्रतियोगिताको बलियो टोली मध्येका पाकिस्तान र भारतले राष्ट्रिय टिम नभइ ‘ए’ टिमलाई प्रतियोगितामा पठाएका छन्।
जेठ ३०, २०८० मंगलबार ०९:१३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।