ढिला भित्रिने भयो यसवर्षको मनसुन

ढिला भित्रिने भयो यसवर्षको मनसुन

काठमाडौं : नेपालमा यसवर्ष मनसुन औषधभन्दा ढिलागरी सुरु हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया जुन १३ बाट मनसुन सुरु हुनुपर्ने भए पनि यस वर्ष केही ढिलागरी सुरु हुने भएको हो।

सोमबार महाशाखाले जारी गरेको तातो दिन तथा लू सम्बन्धी विशेष बुलेटिनमा यसबारे उल्लेख गरिएको छ।

जसमा भनिएको छ, ‘यस वर्ष मनसुनी वर्षाको आगमन पनि औसत मिति (जुन १३ तारिख) भन्दा एक–दुई दिन ढिला हुने सम्भावना रहेको देखिन्छ।’

देशमा पछिल्लो केही दिनदेखि अत्यधिक गर्मी बढिरहेको छ। बागमती प्रदेश लगायतका केही स्थानमा गएराती परेको वर्षाका कारण केही राहत भए पनि त्यो पर्याप्त छैन।

मौसमविद् भने मनसुन मनसुन सुरु हुन अझै केही दिन लाग्ने र मनसुन सुरु भएपछि गर्मी कम हुने बताउँछन्।

नेपालमा अझै पाँच÷सात दिनसम्म मनसुन सक्रिय नहुने पूर्वानुमान गरिएको वरिष्ठ मौसमविद्‌ शान्ति कँडेल बताउँछिन्।

गतवर्ष भने औषधभन्दा एक साताअघि नै मनसुन भित्रिएको थियो। जुन १३ मा भिभित्रनुपर्ने मनसुन गतवर्ष जुन ५ मै भित्रिएको तथ्याङ्क छ।

जेठ २९, २०८० सोमबार २०:३७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।