भारतमा घट्यो महँगी, अर्थविद्हरू भन्छन्ः यो अर्थतन्त्रका लागि सुखद् संकेत हो

भारतमा घट्यो महँगी, अर्थविद्हरू भन्छन्ः यो अर्थतन्त्रका लागि सुखद् संकेत हो

भारतमा खुद्रा मुद्रास्फीति मे महिनामा ४.२५ प्रतिशतमा झरेको छ।

यो २५ महिनामा मुद्रास्फीतिको सबैभन्दा न्यून स्तर भएको बताइएको छ। अप्रिल २०२१ मा भारतमा मुद्रास्फीति ४.२३५ रहेको थियो। खाद्यवस्तुको मूल्यमा आएको गिरावटका कारण मुद्रास्फीतिमा यो कमी आएको हो। यसअघि अप्रिल २०२३ मा खुद्रा मुद्रास्फीति दर ४.७० प्रतिशत थियो। 

ग्रामीण मुद्रास्फीति ४.६८ प्रतिशतबाट ४.१७ प्रतिशतमा झरेको छ। सहरी मुद्रास्फीति ४.८५ प्रतिशतबाट ४.२७ प्रतिशतमा झरेको छ।

उपभोक्ता मूल्य सूचकांक (सीपीआई) बास्केटमा लगभग आधा हिस्सा खाद्य वस्तुहरू हुन्छन्। भारतमा खाद्य मुद्रास्फीति मे महिनामा २.९१ प्रतिशतमा झरेको छ। यो अप्रिल २०२३ मा ३.८४५ र मार्चमा ४.७९५ थियो।

मुद्रास्फीतिमा आएको गिरावटलाई भारतीय विज्ञहरूले अर्थतन्त्रको राम्रो संकेत मानेका छन्।

त्यहाँको आपूर्ति शृङ्खलामा सुधार र वस्तुको मूल्यमा राहत हुँदा मानिसहरू लाभान्वित भएका छन्। तर, यसै महिना बसेको मौद्रिक नीति बैठकको जानकारी दिँदै रिजर्भ बैंक अफ इन्डियाका गभर्नरले मुद्रास्फीतिको चिन्ता र अनिश्चितता अझै कायम रहेको बताएका थिए।

जेठ २९, २०८० सोमबार १९:५२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।