पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई नेविसंघले दल्यो मोसो

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई नेविसंघले दल्यो मोसो

विराटनगरः पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि नेविसंघका कार्यकर्ताले मोसो दलेका छन्। 

लामो समयदेखि विभिन्न माग सम्बोधन नभएको भन्दै सोमबार अध्यक्ष महेश दाहाललाई नेविसंघका विद्यार्थीहरूले घेरेर मोसो दलेका हुन्। 

पूर्वाञ्चल विश्वविद्यालयभित्र अनेकौँ समस्या भएका र पटक पटक मागसहित ध्यानाकर्षण गराए पनि सम्बोधन नभएपछि बाध्य भएर मोसो दल्नुपरेको एक विद्यार्थीले बताए। 

आफूहरूको माग बेवास्ता गरेको र शन्तिपूर्ण आन्दोलनरत गरेर भीसी कार्यालयसँग वार्ता भए पनि आफ्ना माग सम्बोधन नभएको उनीहरूले बताएका छन्। 

जेठ २९, २०८० सोमबार १९:३६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।