जसपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन

जसपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन भएको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको शनिबारको बैठकले अर्जुन थापालाई प्रमुख तोकी विभाग गठन गरेको हो। थापासँग लामो समयदेखि पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्हालेको अनुभव छ।

बैठकले विभागको सचिवमा भरत गुरुङलाई चयन गरेको छ। विभागको सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिस कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बु, पवन राय र विनोद पौडेल रहेका छन्।

जसपाले संगठन विभाग, प्रचार विभाग, आर्थिक विभाग यस अघि गठन गरिसकेको छ  भने अन्य विभागहरु गठन भएका छैनन्।

जेठ २९, २०८० सोमबार १९:२९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।