मुद्दाको कुरा उठाएर प्रधानमन्त्रीलाई टर्चर गरिए प्रतिवाद गर्छौं : सचिव पौडेल

मुद्दाको कुरा उठाएर प्रधानमन्त्रीलाई टर्चर गरिए प्रतिवाद गर्छौं : सचिव पौडेल

काठमाडौं : सत्ताधारी माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले ससशस्त्र युद्धमा सामेल नभएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा हाले प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारमाध्यमसँग कुरा गर्दै सचिव पौडेलले प्रधानमन्त्री लगायत माओवादी पृष्ठभूमिका साथीहरूविरुद्ध युद्धमा सामेल नभएकाहरूले मुद्दा हाले प्रतिवाद गर्ने बताएका हुन्।

प्रधानमन्त्री तथा माओवादी पृष्ठभूमिबाट आएकाहरूको मनोबल घटाउने र मनोवैज्ञानिक रुपमा अन्तर्राष्ट्रियकरण गर्न खोज्ने प्रवृत्तिलाई चुनौती दिने बताउँदै उनले यसलाई शान्ति प्रक्रिया भाँड्ने अवस्था सिर्जना गर्न खोजिएको बताए।

उनले भने, ‘केही तत्वहरूले प्रधानमन्त्री लगायतका नेताहरूलाई मनोवैज्ञानिक रूपमा टर्चर गर्ने काम गरेका छन्, हामी त्यसको वैचारिक प्रतिवाद गर्छौं, सैद्धान्ति प्रतिवाद गर्छौँ।’

सचिव पौडेलले नयाँ पुस्तालाई गम्भीरतापूर्वक आन्दोलनलाई बुझ्न आग्रह गरे।
आफूहरुले गरेको आन्दोलन मानिसको हत्या गर्नको लागि नभएर न्याय, स्वतन्त्रता, मुक्ति, प्रेस स्वतन्त्रता, निश्पक्ष निर्वाचन प्रणाली कायम गर्न र लोकतन्त्रका मूल्यमान्यता स्थापित गर्न उनको आग्रह छ।

जेठ २९, २०८० सोमबार १९:२४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।