माैसम पूर्वानुमान महाशाखा भन्छ- अझै चार दिन तातो हावा बहन्छ, काेशी प्रदेशमा अत्यधिक गर्मी हुँदैन

माैसम पूर्वानुमान महाशाखा भन्छ- अझै चार दिन तातो हावा बहन्छ, काेशी प्रदेशमा अत्यधिक गर्मी हुँदैन

काठमाडौं : अझै चार दिनसम्म तातो हावाकाे सम्भावना रहेकाले सर्तकता अपनाउन आग्रह गरेकाे छ।

साेमबार दिउँसाे तातो दिन तथा लू सम्बन्धी विशेष बुलेटिन निकालेर माैसम पूर्वानुमान महाशाखाले जेठ ३० गतेदेखि असाार १ गतेसम्म चार दिन ताताे हावा अर्थात लु काे सम्भावना यथावत् रहने जनाएकाे हो।

आगामी केही दिनसम्म सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना अझै रहने देखिएको छ।

साथै बागमती प्रदेशको तराईका भू-भाग र मधेश प्रदेशको पश्चिमी भू-भागमा  थोरै तापक्रम घटे पनि अत्याधिक गर्मीको सम्भावना यथावत् रहने महाशाखाले जनाएको छ।

देशको पश्चिमी पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहनसक्ने सम्भावना रहेकोले ती भू-भागहरूमा पनि गर्मीको सम्भावना रहेकाले सचेत रहन महाशाखाले सुझाव दिएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशमा बदली र वर्षाको सम्भावना रहेकोले तापक्रम धट्नुका साथै अत्याधिक गर्मीको नहुने देखिन्छ।

यस्तै यस वर्ष मनसुनसमेत ढिला गरी नेपाल प्रवेश गर्ने भएको छ। सामान्यतया जुन १३ मा नेपाल प्रवेश गर्ने मनसुन यस वर्ष एक-दुई दिन ढिला हुने सम्भावना देखिएको महाशाखाको बुलेटिनमा उल्लेख छ।

जेठ २९, २०८० सोमबार १८:४९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।