१५ हजार घुससहित पक्राउ परेपछि बारा मालपोतका खरिदारसहित दुई जनाविरुद्ध मुद्दा दायर

१५ हजार घुससहित पक्राउ परेपछि बारा मालपोतका खरिदारसहित दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : बारा मालपोत कार्यालयका खरिदार रामविश्वास साहसहित दुई जनामाथि घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

आयोगले सोमबार काठमाडौंको विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो। जग्गाको रजिस्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

दाहालका अनुसार खरिदार साह र कलैया महानगरपालिका–२५ का गौरीशंकर कुमार कुशवाहाले जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको भन्ने सूचना प्राप्त भएको थियो।

सोही सूचनाका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले खरिदार साह र कुशवाहालाई सेवाग्राहीबाट १५ हजार घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

कुशवाहलाई शाहले रकम लिन लगाएका थिए। साहलाई मुख्य कसुरदार र कुशवाहलाई मतियारको रुपमा प्रतिवादी बनाइ मुद्दा दायर गरिएको प्रवक्ता दाहालको भनाइ छ।

जेठ २९, २०८० सोमबार १७:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।