त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर ९४ सय डलर थाइल्याण्ड लैजान खोज्ने शेर्पा पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर ९४ सय डलर थाइल्याण्ड लैजान खोज्ने शेर्पा पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर अवैध रूपमा लैजान लागेको ९ हजार ४ सय १३ अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा बिगु गाउँपालिका–७ स्थायी वतन भएका ३६ वर्षीय प्रेम नोर्बु शेर्पा रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाइल्याण्ड जान लागेका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट डलरसहित पक्राउ गरिएको हो।

शेर्पालाई बरामद गरिएको डलरसहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ।

जेठ २९, २०८० सोमबार १७:३९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।