४ वर्षीया बालिकामथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ

४ वर्षीया बालिकामथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ

काठमाडौं : चार वर्षीया बालिकामिाथ जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–३ हडिया बस्ने १६ वर्षीय किशोर रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जेठ २९, २०८० सोमबार १७:३१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।