दुई गाउँबीचको प्रेमयुद्ध झल्काइएको 'कर्कले मामाको चौतारी’ ट्रेलर सार्वजनिक

दुई गाउँबीचको प्रेमयुद्ध झल्काइएको 'कर्कले मामाको चौतारी’ ट्रेलर सार्वजनिक

काठमाडौं : पोखरा आसपासमा खिचिएको सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक भएको छ।

निर्माण टिमले सोमबार युट्युब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। 

बासुदेव पोखरेलको लेखन तथा निर्देशन रहेका सिरियलको ट्रेलरमा दुई गाउँबीचको प्रेम युद्धलाई प्रस्तुत गरिएको छ। यही सिरियलमार्फत बासुदेवले ८ वर्षपछि निर्देशनमा फर्किएका हुन्।

सिरियलमा घनश्याम लामिछाने र मणिरत्न शर्माले लगानी गरेका छन्। 

सुशील पोखरेल, प्रज्ञा जोशी, बासुदेव पोखरेल, तुलसी छेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अविराज बिसी , ममता अधिकारी, सरु शर्मा ‘दिया’लगायतको अभिनय रहेको सिरियलमा सिद्वार्थ गौतमको छायांकन, जय गुरुङ र आशिष गुरुङको श्रृंगार, रोहन नेपालीको नृत्य छ। 

श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिरियलको शीर्ष गीतमा किशोर सुवेदीको संगीत र अर्को गीतमा अराज केशवको शब्द संगीत र दिलीप श्रेष्ठको स्वर सुन्न सकिन्छ।

जेठ २९, २०८० सोमबार १७:२६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।