‘आज म डिस्टर्ब गर्दिन सभामुख महोदय’

‘आज म डिस्टर्ब गर्दिन सभामुख महोदय’

काठमाडौं : एमाले सांसद् सांसद् रघुजी पन्तले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माको विषयलाई लिएर संसदमा प्रश्न उठाएका छन्।

सोमबारको संसद बैठकमा सांसद् पन्तले म आज डिस्टर्ब गर्दिन भन्दै भारतका लागि नेपाली राजदूतले एक मिडियालाई दिएको अन्तर्वार्ताको विषयलाई लिएर प्रश्न उठाएका हुन्।

‘एउटा महत्वपूर्ण विषयमा ध्यानाकर्षण मात्र गर्छु, म आज डिस्टर्ब गर्दिन सभामुख महोदय,’ उनले भने।

राजदूत शर्माले दिएको अन्तरवार्तामा धर्म निरपेक्षता र बीआईको सन्दर्भमा विवादास्पद कुराहरु भनेको भन्दै पन्तले परराष्ट्रमन्त्रीको जवाफ माग गरेका छन्।

‘आजको कान्तिपुरमा प्रकाशित भारतस्थित नेपाली राजदूतको अन्तरवार्तामा उहाँले धर्म निरपेक्षता र बीआरईको बारेमा विवादास्पद कुराहरू बोल्नुभएको छ,’ उनले थपे, ‘यो विषयमा जुनदिन हाउस चल्छ, त्यो विषयमा परराष्ट्रमन्त्रीलाई स्पष्ट धारणा राख्न आग्रह गर्न चाहन्छु।’

यसपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बजेटमाथि उठेको प्रश्नको जवाफ दिनका लागि समय दिए।

राजदूत डा. शर्माले भारतका मुख्यमन्त्री र मन्त्रीहरुसँग भेट्दा नेपालले आफ्नो पहिचान गुमाएको र नेपाललाई हिन्दु राष्ट्र नै जोगाउन सकेको भए राम्रो हुन्थ्यो भन्ने धारणा देखिने बताएका बताएका थिए।

साथै उनले बीआरआईको सन्दर्भमा भनेका थिए, ‘प्रतिस्पर्धात्मक प्रक्रियाबाट चिनियाँ कम्पनीले पाएका केही परियोजनाबाहेक म त नेपालमा भारत नै भारत देख्छु। तर, यहाँ कन्सर्न एकदमै ठूलो छ। त्यसमाथि थपिएको कुरा हो– चीनको बीआरआई। बीआरआईले लोन दिन्छ, त्यसका सर्तहरू पनि राम्रो हुँदैनन् र धेरै देश त्यो डेब्ट ट्र्यापमा पर्छन् भन्ने कुराको चर्चा संसारभरि छ। यो कुरा नेपालले पनि राम्रोसँग बुझेको छ।’

 

यसअघिका संसद बैठकमा पनि रघुजी पन्तले बीचमै रोकेर आफ्ना धारणा राख्दै आएका थिए।

जेठ २९, २०८० सोमबार १६:१७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।