अनामनगरमा महानगरको डोजर चलेपछि स्थानीय नै दुई पक्ष भएर उत्रिए विवादमा

अनामनगरमा महानगरको डोजर चलेपछि स्थानीय नै दुई पक्ष भएर उत्रिए विवादमा

काठमाडौँः काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएको छ। 

सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि विवाद सिर्जनासमेत भएको छ। 

स्थानीयहरू दुई पक्षमा भएर विवादमा उत्रिएका थिए। एक पक्ष स्थानीयहरू वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरू सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन्।

स्थानीयहरूबीच नै विवाद हुँदा अवस्था तनावग्रस्त बनेको थियो। महानगरपालिकाले यहाँ २९ नम्बर वडाको वडा कार्यालय बनाउने भएको हो। 

जेठ २९, २०८० सोमबार १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।