मेरो बजेट प्रस्तुति ३ घण्टाको थियो, ओलीज्यूले टिप्पणी नै २ घण्टा गर्नुभयो : अर्थमन्त्री महत

मेरो बजेट प्रस्तुति ३ घण्टाको थियो, ओलीज्यूले टिप्पणी नै २ घण्टा गर्नुभयो : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले विपक्षीको टिप्पणीले यसपालिको बजेटमा केही महत्वपूर्ण कुराहरू पक्कै रहेको महसुस गरेको बताएका छन्।

आज संसद्मा सांसदहरुले बजेट माथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले बजेटमा केही नयाँ नभएको भए विपक्षी दलका नेताले २/२ घण्टा उभिएर समय नदिने बताए।

उनले भने, ‘स्वयम् विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूले मैले प्रस्तुत गरेको करिब ३ घण्टाको प्रस्तुतिमा उहाँले २ घण्टाको टिप्पणी राख्नु भयो।’

‘यसले मैले के महसुस गरेको छु भने यो बजेटमा केही महत्वपूर्ण कुराहरू छन्। यसले केही नयाँ कुराहरू अघि बढाउन कोसिस गरेको छ। होइन भने विपक्षी दलका नेता २/२ घण्टा उभिएर समय दिनु हुन्थेन’ उनले थपे।

जेठ २९, २०८० सोमबार १३:४४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।