बागमती सफा बनाउन काठमाडौं उपत्यकाका डाँडामा १९८ वटा पोखरी बनाइने

बागमती सफा बनाउन काठमाडौं उपत्यकाका डाँडामा १९८ वटा पोखरी बनाइने

काठमाडौं : काठमाडौं उपत्यकाका डाँडामा १९८ वटा पोखरी निर्माण गरिने भएको छ। बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका डाँडामा पोखरी बनाउन लागिएको हो। 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए।

अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला सम्म्पूर्णरुपमा सुक्खा हुने समस्या छ। नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उनले बताए।

गुहेश्वरीमाथि धापमा जस्तै विभिन्न स्थानमा पार्क बनाइने समितिको भनाइ छ। पर्यटकीय हिसाबले महत्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी वर्षामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उनले बताए। 

बागमती सफा गर्नका लागि ठोस फोहर मात्रै हटाएर नहुने र ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिच्छाएर प्रशोधन गरिनुपर्ने उनको धारणा छ।

बागमतीमा ढल निर्माण भए पनि बागमतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म बागमती सफा नहुने उनले बताए।

जेठ २९, २०८० सोमबार १३:२४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।