अविवाहित १६ वर्षे किशोरीको गर्भपतनपछि मृत्यु

अविवाहित १६ वर्षे किशोरीको गर्भपतनपछि मृत्यु

सर्लाहीः सर्लाहीमा गर्भपतन गराएकी १६ वर्षीया किशोरीको मृत्यु भएको छ। 

बसबरिया गाउँपालिका-२ मानपुर बस्ने महेन्द्र सहनीकी अविवाहित छोरी १६ वर्षीया किरण कुमारीको उपचारका क्रममा आइतबार दिउँसो प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

किरणले केही दिनअघि गाउँकै एक क्लिनिकमा पुगेर गर्भपतन गराउने औषधि खाएकी थिइन्।

किशोरीले ६ महिनाको गर्भ फाल्न औषधि खाएकी थिइन्। जसका कारण अत्यधिक रक्तश्राव भई उपचारका लागि जेठ २१ गते राति २ बजेतिर उनलाई मलंगवा लगिएको  लगिएको थियो। तर रक्तश्राव नरोकिएको र अवस्था जटिल भएपछि उनलाई तत्काल जनकपुर रेफर गरिएको थियो। 

जनकपुरमा उपचारका क्रममा जेठ २३ गते शल्यक्रिया गरी उनको गर्भबाट मृत शिशु निकालिएको थियो। त्यसपछि पनि प्रादेशिक अस्पतालको आईसीयूमा उनलाई राखिएको थियो।

तर उनको आइतबार मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले बताएको हो। 

यता इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख (डीएसपी) मकेन्द्रकुमार मिश्रले घटनाबारे जानकारी प्राप्त भएको र पीडित परिवार सम्पर्कमा आएपछि थप अनुसन्धान बढाइने बताएका छन्। 

जेठ २९, २०८० सोमबार १२:५३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।