प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्धको सुनुवाइ बिहीबार

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्धको सुनुवाइ बिहीबार

काठमाडौं : प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्धको सुनुवाइ आगामी बिहीबार हुने भएको छ।

संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले कार्कीविरुद्ध परेको उजुरीको सुनुवाइ यसै महिना ३२ गते बिहीबार गर्ने निर्णय गरेको हो।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्। संसदीय सुनुवाइ समितिले बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने भोलिपल्ट सुनुवाइ गर्ने तयारी गरेको छ।

जेठ २९, २०८० सोमबार १२:३२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।