जोकोभिचले बनाए सर्वाधिक २३ ग्राण्डस्लाम उपाधिको कीर्तिमान

जोकोभिचले बनाए सर्वाधिक २३ ग्राण्डस्लाम उपाधिको कीर्तिमान

एजेन्सी : सर्वियन खेलाडी नोभाक जोकोभिचले सर्वाधिक २३ औं ग्राण्डस्लाम उपाधि जित्दै नयाँ कीर्तिमान कायम गरेका छन्।

फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै जोकोभिच पुरुष एकलतर्फ सबैभन्दा धेरै ग्रान्डस्लाम उपाधि जित्न खेलाडी बनेका हुन्। साथै उनी सबै, चारवटा ग्राण्डस्लाम टेनिस उपाधि कम्तीमा तीन पटक जित्ने पहिलो खेलाडी समेत बनेका छन्।

गए राति भएको फाइनलमा नर्वेका क्यास्पर रुडलाई ३–० को सोझो सेटमा हराउँदै उनले उपाधि उचाले। जोकोभिचले फाइनल सजिले ७–६, ६–३ र ७–५ को सोझो सेटमा जितेका थिए।

तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्दै ३६ वर्षीय जोकोभिचले ग्रान्डस्लाम उपाधि संख्यालाई २३ पुर्याएका हुन्।

यसअघि उनले यसै वर्ष अष्ट्रेलियन ओपनको उपाधि जित्दै स्पेनिस राफयल नाडालको नाउमा रहेको सर्वाधिक २२ ग्रान्डस्लामको कीर्तिमान बराबर गरेका थिए।

जेठ २९, २०८० सोमबार १०:४५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।