उरुग्वेले जित्यो यू-२० विश्वकप, लुसियानोले ४ मिनेट बाँकी छँदा गरे निर्णायक गोल
एजेन्सी : उरुग्वेले यू-२० फिफा विश्वकप फुटबलको उपाधि जितेको छ।
फाइनलमा इटालीलाई १-० ले हराउँदै दक्षिण अमेरिकी राष्ट्र उरुग्वे पहिलो पटक यू-२० विश्वकप च्याम्पियन बनेको हो।
अर्जेन्टिनमा सम्पन्न प्रतियोगिताको फाइनलमा उरुग्वेलाई जित दिलाउन लुसियानो रोड्रिगेजले गरेको गोल नै निर्णायक बन्यो।
निर्धारित समय गोलरहित बराबरीमा सकिने अनुमान गरिरहेका बेला लुसियानोले ८६ औं मिनेटमा गोल गर्दै टिमलाई विश्वकप दिलाएका थिए।
यसअघि उरुग्वे यू-२० विश्वकपमा सन् १९९७ र २०१३ मा फाइनलसम्म पुगे पनि उपविजेतामा सीमित भएको थियो।
जेठ २९, २०८० सोमबार ०९:०२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।