अर्थमन्त्रीले आज संसद्मा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

अर्थमन्त्रीले आज संसद्मा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं : संसद्मा आज (सोमबार) अर्थमन्त्री प्रकाश शरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिंदैछन्।

संघीय संसद् भवन, बानेश्वरमा प्रतिनिधि सभाको बैठक १ बजेको लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

गत सोमबारदेखि प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने र छलफल गर्ने क्रम आइतबार सकिएको छ।

अब आज अर्थमन्त्री प्रकाश शरण महतले बजेटका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ। यसपछि बजेट पारित गर्ने प्रक्रिया सुरु हुनेछ।

अर्थमन्त्री महतले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गरेका थिए।

जेठ २९, २०८० सोमबार ०८:४४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।