कोशी प्रदेश सभाको दोस्रो बैठक बुधबार बस्ने
काठमाडौं : कोशी प्रदेश सभाको दोस्रो बैठक यही जेठ ३१ गते बुधबार बस्ने भएको छ। बजेट अधिवेशनका लागि बुधबार दिउँसो १ बजे बैठक बोलाइएको हो।
जेठ २३ गते सभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए।
कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेश सभाका सबै सदस्यलाई बैठकका लागि सूचना जारी गरेको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
जेठ २९, २०८० सोमबार ०७:२३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।