अष्ट्रेलियाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप उपाधि, फाइनलमा भारत लगातार दोस्रो पटक पराजित

अष्ट्रेलियाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप उपाधि, फाइनलमा भारत लगातार दोस्रो पटक पराजित

भारतलाई हराउँदै अष्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ।

भारतीय टोली लगातार फाइनलमा लगातार दोस्रो पटक पराजित भएको हो।

भारत अस्ट्रेलियासँग २०९ रनले पराजित भयो। ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारतीय टोली अन्तिम दिनको पहिलो सत्रमा २३४ रनमा अलआउट भयो। दोस्रो इनिङ्समा कुनै पनि भारतीय ब्याट्सम्यानले ५० रन बनाउन सकेनन्। विराट कोहलीले सर्वाधिक ४९ रन बनाए। 

लन्डनको ओभल मैदानमा अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ २७०/८ बनाउँदै भारतलाई जितका लागि ४४४ रनको लक्ष्य दिएको थियो। भारतीय टोली पहिलो इनिङ्समा २९६ रनमा अलआउट भएको थियो भने अष्ट्रेलियाको टोली पहिलो इनिङ्समा ४६९ रनमा अलआउट भएको थियो।

स्टिभ स्मिथ र ट्राभिस हेडको साझेदारी अष्ट्रेलियाको जितको कारण बन्यो। उनीहरू दुवैले पहिलो इनिङ्समा चौथो विकेटका लागि ४०८ बलमा २८५ रनको साझेदारी गरेका थिए।

यो साझेदारीको मद्दतमा अष्ट्रेलियाले पहिलो इनिङ्समा ४६९ रन बनाएको थियो।
 

जेठ २८, २०८० आइतबार १७:५१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।