विवादित सई सन्जेलले सिनामंगलमा गोली हाने, एक जना घाइते

विवादित सई सन्जेलले सिनामंगलमा गोली हाने, एक जना घाइते

काठमाडौंः नेपाल प्रहरीका विवादित सई बालकृष्ण सन्जेलले गोली चलाएका छन्।

लागुऔषध कारोबारीको आशंकामा सन्जेलले  सिनामंगलमा एक व्यक्तिलाई नियन्त्रणमा लिन खोजेका थिए। 

भाग्न लागेको शंकामा ब्यूरोले गोली हानेको दाबी गरेको छ। तर प्रत्यक्षदर्शीका अनुसार नियन्त्रणमा लिने क्रममा सामान्य विवाद हुँदा नै सन्जेलले गोली चलाएका थिए।

प्रहरीको गोली लागेकाको समातिएकाको पहिचान सार्वजनिक गरेको छैन। समूहले नै आक्रमण गरेपछि गोली चलाएको दाबी गरे पनि अन्य को-को हो समेत खुलाएको छैन।

खैरो हिरोइनको कारोबारी भएको दाबी प्रहरीको छ। तर कति मात्रामा बरामद भयो भन्नेसमेत सार्वजनिक गरिएको छैन।

सन्जेल लामो समय अपराध महाशाखामा कार्यरत थिए। सुन तस्करी र रकम असुलीमा उनको नाम पटक-पटक जोडिँदै आएको छ। उनी ३५ किलो सुन तस्करीका मुख्य नाइके गोरेसँग समेत जोडिएका थिए।

जेठ २८, २०८० आइतबार १६:५५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।