४०.४८ अंकले उकालो लाग्यो नेप्से

४०.४८ अंकले उकालो लाग्यो नेप्से

काठमाडौँः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४०.४८ अंकले उकालो लागेर एक हजार नौ सय ८०.०९ मा पुगेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१० अंकले उकालो लागेर ३७०.५२ अंकमा पुगेको छ। 

कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।

नेप्सेका अनुसार कूल ९५.२८ हजार दुई सय ५५ कित्ता शेयर ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार पाँच सय ६३ रुपैयाँमा कारोबार भएको छ। आइतबारको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब ९३ अर्ब ५१ करोड ८३ लाख ६० हजार ६ सय ९१ बराबर पुगेको छ। 

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ। सो कम्पनीको एघार  करोड ४७ लाख २४ हजार ५ सय १८ बराबरको कारोबार भएको छ।

यस्तै, शिवम् सिमेन्ट १० करोड ८७ लाख ७५ हजार पाँच सय १५, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स १० करोड ६८ लाख ५० हजार छ सय ३१, नेपाल दूरसञ्चार कम्पनी र आठ करोड १२ लाख ६४ हजार नौ सय ५४ र नेपाल पुनर्बीमा कम्पनी  सात करोड ९३ लाख १४ हजारबराबर कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन्। 

नेप्सेका अनुसार भूगोल इनर्जी र सिटी होटल लिमिटेडको शेयर मूल्यमा १० प्रतिशत बराबरको कारोबार भई सकारात्मक सर्किट लागेको छ। गुह्यश्वरी मर्चेण्ट बैंक ८.७०, रिलायन्स फाइनान्स ८.३६ र सिटिजन इन्भेस्ट ट्रष्टका लगानीकर्ताले ८.३१ प्रतिशतले कमाएका छन्। 

यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो ३.८३, मेगा म्युचुअल फण्ड पहिलो २.५३, मनकामना स्मार्ट लघुवित्त २.५१, एनआईसी एशिया सेलेक्ट फण्ड २.४० र प्रभु स्मार्ट फण्डका लगानीकर्ताले १.९४ प्रतिशतले गुमाएका छन्।

जेठ २८, २०८० आइतबार १६:१७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।