प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। 

आफूजस्ता अबोध नाबालकलाई जनयुद्धमा सामेल गराएको भन्दै बाल सेना लेनिन विष्टले रिट दिएका हुन्। आफूहरूलाई जबर्जस्ती बालसेना बनाइएको र अयोग्य लडाकू भनी शिविरबाट निकालेर युद्ध अपराध गरेको उनको रिटमा उल्लेख छ। 

उनले प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर रिट दायर गरेका गरेका हुन्। 

तर यसअघि पनि उनले दिएको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। सर्वोच्च प्रशासनले संक्रमणकालीन न्यायअनुरूप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो।

दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको हो। उनको रिटमाथि जेठ ३० गते सुनुवाइको मिति तोकिएको छ।

जन युद्धकालमा माओवादीको बाल सेना बनेका विष्टले युद्धमा बालबालिकाको प्रयोगको विपक्षमा मुद्दा उठाउँदै आएका छन्। उनलाई पाँच वर्षअघि अन्तर्राष्ट्रिय मञ्चमा बाल सेनाबारे प्रस्तुति दिन जान लागेको भन्दै सरकारले रोकेको थियो। 

जेठ २८, २०८० आइतबार १४:४९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।