ढुंगा लागेर बाख्रा चराउन गएका बालकको मृत्यु

ढुंगा लागेर बाख्रा चराउन गएका बालकको मृत्यु

हुम्ला : हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ।

सर्केगाड गाउँपालिका-८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो। 

ढुंगाले लागेर अर्का एक बालक घाइते भएका छन्। घाइते हुनेमा सर्केगाड-८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन्।

दुवै बालक बाख्रा चराउन वनमा गएका थिए। रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। 

ऐडीको दाहिने हात भाँचिएको छ। स्वास्थ्य चौकी राहदेवमा उनको उपचार भइरहेको छ।

जेठ २८, २०८० आइतबार १४:३०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।