भारतमा सडक दुर्घटनामा परी कञ्चनपुरका चार जनाको मृत्यु

भारतमा सडक दुर्घटनामा परी कञ्चनपुरका चार जनाको मृत्यु

भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ। 

शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ-बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरू सबै पूजापाठ सकेर फर्किरहेका थिए।

दुर्घटनामा परेर घाइते भएका उनीहरूलाई अस्पताल पुर्याउनेबित्तिक्कै मृत घोषणा गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ।

'विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रुपमा केही जानकारी आएको छैन', प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए। 

जेठ २८, २०८० आइतबार १३:४५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।