कांग्रेसका सांसद दीपक गिरीले भने - ‘हामी झोले सांसद’

कांग्रेसका सांसद दीपक गिरीले भने - ‘हामी झोले सांसद’

काठमाडौं : नेपाली कांग्रेसका सांसद दीपक गिरीले आफूहरु झोले सांसद भएको बताएका छन्।

प्रतिनिधिसभाको आइतबार (आज) को बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले सांसदहरूको काम कानुन निर्माण गर्ने भए पनि दैनिक जीवनका समस्या मात्र सुन्नुपर्ने भएको बताए।

‘म भन्न चाहन्छु सांसदको हबिगत, हैसियत के छ भनेर। म आफूलाई झोले सांसद भन्न चाहन्छु,’ उनले भने, ‘राति १२ बजे एउटी बूढी आमाको फोन आउँछ, बाबु दुईवटा खसी पालेको थिए, एउटा मर्यो कहींबाट केही पाइन्छ कि, सांसद बाबुले केही गरिदिनुहुन्छ की। फेरि अर्को फोन आउँछ मेरी बुहारी छोरालाई किताब किन्न नेपालगञ्ज गएकी २७ दिन भो आएकी छैन। बाबु खोजिदिनु पर्यो।’

‘थाहा छ नेपाली जनतालाई यो सांसदले कानुन बनाउने? विधि, विधेयक बनाउने हो भनेर। आफ्नो जनतालाई बुझ्नुस् नागरिकलाई बुझ्नुस्,’ उनले अन्य सांसदलाई भने।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सांसदहरू बल्ल वडाध्यक्ष सरह पुगेको भनेर सहि टिप्पणी गरेको पनि बताए। ‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले कमसेकम हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो,’ उनले भने।

जेठ २८, २०८० आइतबार १३:४१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।