लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन एअरपोर्ट नजिक प्रहरीले चलायो गोली

लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन एअरपोर्ट नजिक प्रहरीले चलायो गोली

काठमाडौं : प्रहरीले त्रिभुवन विमानस्थल गेट नजिक सिनामंगलबाट लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले लागूऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा गोली चलाएको हो।

लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा एकजनालाई​​​​​​​ गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको छ। 

लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाका अनुसार उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीले​​​​​​​ घुँडामुनि गोली हानि उनलाई नियन्त्रणमा लिएको छ भने अन्य केही फरार भएका छन्। प्रहरीको गोली प्रहारबाट घाइते भएका एकजनालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ।

जेठ २८, २०८० आइतबार १३:११:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।