एसिया कप ‘हाइब्रिड मोडल’ अनुसार पाकिस्तान र श्रीलंकमा गर्न स्वीकृति दिंदै एसीसी

एसिया कप ‘हाइब्रिड मोडल’ अनुसार पाकिस्तान र श्रीलंकमा गर्न स्वीकृति दिंदै एसीसी

काठमाडौं : एसिया कप क्रिकेट अन्ततः ‘हाइब्रिड मोडल’ अनुसार नै पाकिस्तान र श्रीलंकमा हुने लगभग पक्का भएको छ।

आयोजक पाकिस्तानले प्रस्तुत गरेको ‘हाइब्रिड मोडल’लाई एसियन क्रिकेट काउन्सिलले स्वीकृति दिने तयारी गरेपछि एसिया कप हुने सम्भावना बढेको हो। यसै हप्ता एसीसीले यसबारे आधिकारिक घोषणा गर्ने बताइएको छ।

यसअघि भारतले पाकिस्तानमा एसिया कप खेल्न नजाने बताएपछि पाकिस्तानले भारतका खेल जति अन्य मुलुकमा गर्ने गरि ‘हाइब्रिड मोडल’ ल्याएको थियो। त्यसलाई पनि अधिकांशले नमानेपछि प्रतियोगिता नै अन्योलमा परेको थियो।

तर अब भने प्रतियोगितामा भारतका सबै खेल श्रीलंकामा हुनेछ र भारत फाइनलमा पुगेको खण्डमा फाइनल पनि श्रीलंकामा नै गरिनेछ।

नेपाल एसिया कपमा पहिलो पटक खेल्दैछ भने नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिडन्त गर्नेछ। अब नेपाल र भारतको खेल पनि श्रीलंकामा हुने सम्भावना छ।

जेठ २८, २०८० आइतबार १२:२१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।