अध्यक्ष र संचालकबीचको विवादले ‘राजधानी’को प्रकाशन नै रोकियो

अध्यक्ष र संचालकबीचको विवादले ‘राजधानी’को प्रकाशन नै रोकियो

काठमाडौं : पत्रिका छाप्ने कागज किन्न सहमति नहुँदा २२ वर्ष पुगेको दैनिक पत्रिका ‘राजधानी’ छापिन छाडेको छ। अध्यक्ष र संचालकबीच कागज किन्न सहमति नभएपछि तीन दिनदेखि पत्रिका छापिएको छैन। 

राजधानी न्युज पब्लिकेशन प्रालिले २२ वर्षदेखि राजधानी दैनिक प्रकाशित गर्दै आएको थियो। पब्लिकेशन स्रोतका अनुसार प्रालिको प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र थापाको विषयमा अध्यक्ष र संचालकबीच विवाद हुँदा कागज किन्न रोकिएको हो। 

महेन्द्र शेरचनको निधनपछि सञ्चालक समितिमा अध्यक्ष नन्दा शेरचन भइन्। निर्देशकमा आशिष शेरचन र सचिन शेरचन भए। यी आमा छोरा हुन्।

स्रोतका अनुसार थापालाई आमाले नियुक्त गरिन्। छोराहरूले प्रिन्ट लाइनबाट नाम हटाए। यही विवादमा आमाले कागज किन्न चेकमा साइन नगर्दा पत्रिकाको प्रकाशन नै रोकिएको हो।

जेठ २८, २०८० आइतबार ११:०३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।