तीन दल निकट पत्रकार संगठनको अध्यक्षमा ‘क्राइम रिपोर्टर’

तीन दल निकट पत्रकार संगठनको अध्यक्षमा ‘क्राइम रिपोर्टर’

काठमाडौं : नेपाली कांग्रेस, एमाले र एकीकृत समाजवादी निकट पत्रकार संगठनको नेतृत्वमा सुरक्षा मामिला रिपोर्टिङको पृष्ठभूमि भएका तीन जना अध्यक्ष भएका छन्।

शनिबार सम्पन्न एकीकृत समाजवादीको भातृ संगठन समाजवादी प्रेस संगठनको पहिलो महाधिवेशनबाट अध्यक्षमा विश्वमणी सुवेदी निर्वाचित भए। 

यस अगाडि नेपाल प्रेस युनियनमा शिव लम्साल निर्वाचित भइसकेका छन्। युनियन कांग्रेसको भातृ संगठन हो। एमालेको भातृ संगठन प्रेस चौतारी नेपालमा गणेश बस्नेत सर्वसम्मत अध्यक्ष चुनिएका थिए।

यी तीनै एकै समयका सुरक्षा मामिलाका रिपोर्टर हुन्। पहिला बस्नेत र सुवेदी एकै संगठनमा थिए। एमाले विभाजित भएसँगै सुवेदी समाजवादीमा लागेका थिए। 

पहिलो अध्यक्ष सर्वसम्मत शम्भु श्रेष्ठ चयन भए। पहिलो महाधिवेशनमा निर्वाचन हुँदा सुवेदी र भुपराज खड्का उम्मेदवार बने। सुवेदी निर्वाचित भए।

जेठ २८, २०८० आइतबार ०९:३४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।