अर्थमन्त्री महतले आज संसद्मा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

अर्थमन्त्री महतले आज संसद्मा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं : संसद्मा आज (आइतबार) अर्थमन्त्री प्रकाश शरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिंदैछन्।

संघीय संसद् भवन, बानेश्वरमा प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेको लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

गत सोमबारदेखि प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने र छलफल गर्ने क्रम जारी छ।

बैठकमा आज पनि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफलले निरन्तरता पाउनेछ।

जस अन्तर्गत सांसदहरूले आफ्ना धारणा राखेपछि अर्थमन्त्री प्रकाशशरण महतले आज उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ।

अर्थमन्त्री महतले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गरेका थिए।

जेठ २८, २०८० आइतबार ०८:१७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।