कालीकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

कालीकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं : कालीकोटमा गए राति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।​ कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी जाँदै गरेको जीप गएराति दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालका अनुसार लु १ च ८४९८ नम्बरको जिप राति करिब ११:३० बजेतिर सडकबाट १५० मिटर तल खसेको थियो।

दुर्घटनामा मृत्यु हुनेमा जीप चालक शुभकालिका-२ का ३० वर्षीय हर्के विश्वकर्मा, दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामी मगर र शुभकालीका-८ का ३१ वर्षीय रामबहादुर शाही रहेको रिमालले जानकारी दिए।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। घटना मध्यराति भएका साथै जिपमा सवार तिनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न नसकेको हो।

जेठ २८, २०८० आइतबार ०७:४६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।