च्याम्पियन्स लिग जित्दै म्यानचेस्टर सिटीले उचाल्यो सिजनको तीन प्रमुख उपाधि

च्याम्पियन्स लिग जित्दै म्यानचेस्टर सिटीले उचाल्यो सिजनको तीन प्रमुख उपाधि

एजेन्सी : इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। फाइनलमा  इटालियन क्लब इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटी च्याम्पियन्स लिग च्याम्पियन बनेको हो।

यो उपाधिसँगै सिटीले यो सिजन ट्रेवल (तीन प्रमुख उपाधि) जितेको छ। सिटीले च्याम्पियन्स लिगसँगै इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधि जितेको हो।

गए राति भएको फाइनल खेलमा रोड्रीले गरेको एक मात्र गोल नै सिटीलाई उपाधि दिलाउन पर्याप्त बन्यो। खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको ६८ औं मिनेटमा उनले गोल गरेका थिए।

यसपछि इन्टरले बराबरी गोल फर्काउने केही मौका सदुपयोग गर्न नसक्दा सन् २०२१ को फाइनलमा चेल्सीसँग पराजित भएको सिटीले यो पटक भने उपाधि उचाल्यो।

जेठ २८, २०८० आइतबार ०७:२७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।