भारतको गेरु अवतारको ड्यामेज नियन्त्रण गर्न पशुपतिमा प्रचण्डको रुद्राक्ष अवतार

भारतको गेरु अवतारको ड्यामेज नियन्त्रण गर्न पशुपतिमा प्रचण्डको रुद्राक्ष अवतार

काठमाडौँ : भारत भ्रमणताका महाकालेस्वरमा गेरु गेटअपमा देखिएपछिको आलोचना कम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथ मन्दिरको दर्शनमा गए।

शनिवार अर्थमन्त्रीसँगै नुवाकोटमा पुगेका प्रचण्ड हेलिकप्टरमा काठमाडौँ फर्किएर दौरा सुरुवालमा सजिएर पशुपति मन्दिर पुगेका थिए।

पशुपति मन्दिर दर्शन उनको आकस्मिक भ्रमण थियो।

उनको सचिवालयबाट प्रेषित सामाग्री अनुसार प्रधानमन्त्री पशुपति क्षेत्रको निरीक्षण अवलोकनमा गएका हुन्।

उनलाई पशुपति क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराएका थिए।

प्रधानमन्त्रीले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठुलो टेवा मिल्ने बताए।

निरीक्षण अवलोकनमा  अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, ऊर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती सहभागी देखिए। सँगै केही नौला अनुहार पनि थिए।

पशुपति मन्दिर दर्शनमा उनले गेरु वस्त्र लगाएनन्। दौरा सुरुवालमा सयपत्री माला सहित रुद्राक्ष माला भने लगाएका थिए।
नेपालको मन्दिरमा नियमित पुजामा पनि सहभागी नहुने तर भारतमा गेरुवस्त्र नै लगाउने भन्दै उनको आलोचना भएको थियो।

जेठ २७, २०८० शनिबार २३:१२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।