टप फाइभ : महाकालेश्वरपछि पशुपति पुगे प्रचण्ड, लुकेरै भए पनि विदेश बस्ने ध्याउन्नमा कलाकार

टप फाइभ : महाकालेश्वरपछि पशुपति पुगे प्रचण्ड, लुकेरै भए पनि विदेश बस्ने ध्याउन्नमा कलाकार

काठमाडौं : शनिबार राजधानीमा विभिन्न राजनीतिक दलले आयोजना गरेको कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले बोले। राष्ट्रिय स्वतन्त्र पार्टी, एमाले र एकीकृत समाजवादी कार्यक्रमले गरेको कार्यक्रममा रवि लामिछाने, केपी शर्मा ओली, माधवकुमार नेपाल लगायतले आफ्ना धारणा राखे।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको दर्शन गरेको विषयले पनि शनिबार चर्चा पायो। नुवाकोट र टुँडिखेलको एक कार्यक्रममा सहभागी भएर उनी पशुपतिनाथको दर्शनका लागि गए। उनले त्यहाँ ५१ हजार रुपैयाँ भेटी पनि चढाए। उनको साथमा मन्त्रीहरु पनि सहभागी थिए।

त्यसैगरी आईसीसी विश्वकप क्रिकेट छनोटका लागि दक्षिण अफ्रिका गएको नेपाली टोली दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भयो। नेपालले दिएको १५७ रनको विजयी लक्ष्य नेदरल्यान्ड्सले ३६.१ ओभरमा भेट्टायो।

अब लागौं टप फाइभतर्फः
उकेराले विहान बुटवलको इतिहास समेत मानिने कुकर कफीको बारेमा समाचार लेख्यो। कुकुर कफीको उत्पत्ति स्थान बुटवलको ट्राफिक चोकमा ठेलामा देखिने २ वटा कुर्ची मात्र राख्ने गरेका छन्। आखिर किन त?
पूरा समाचारः एकातर्फ बुटवल ट्राफिक चोकको ‘कुकर कफी’, अर्कातर्फ भीड कम गर्न लगाइएको ‘२ वटा कुर्ची’ नियम

यस्तै उकेराले बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीको कलकारिता यात्रा र विवादको बारेमा समाचार लेख्यो।  उत्तरप्रदेशको मुजफ्फपुरको बुधना गाउँमा जन्मिएका नवाज बलिउडमा आफ्नो पहिचान बनाउन ठूलो संघर्ष गर्ने थोरै कलाकारमध्ये पर्छन्। मुम्बई आउनुअघि नै उनले बलिउडमा पाइला राख्न ठूलो चुनौती सामना गरेका थिए।
पूरा समाचारः ‘राम्रो देखिन्न भनेर स्वीकारेँ, तर अभिनेता बन्छु भनेर लागिरहेँ’

त्यसैगरी दिउँसो नै उकेराले नियमित स्तम्भ डाक्टरको सुखदुख छाप्यो। यसमा  छाला, यौनरोग तथा सौन्दर्य विशेषज्ञ डा.सविना भट्टराईको उपचार अनुभव समेट्यौं।
पूरा समाचारः डा. सबिनाको उपचार अनुभवः  ‘तपाईंकै अनुहारभरि चायापोतो रहेछ डाक्टरसाप, मेरो के ठीक पार्नुहुन्छ?’ भनेपछि...

साँझपख उकेराले नेपालमा भविष्य छैन भन्दै बिदेसिने कलाकारहरू जसरी पनि विकसित देश छिर्ने र उतै बस्ने मेसो मिलाइरहेको समाचार छाप्यौं। वैधानिक बाटोबाट जान नपाएकाहरूले विदेशमा हुने विभिन्न कार्यक्रम सहभागी भएर उतै लुक्ने गरेका पाइएको छ। यसरी लुक्नेहरूमा नव(कलाकारहरू बढी छन्।
पूरा समाचारः जसरी पनि बिदेसिने ध्याउन्नमा कलाकार स् पाए झुकेर, नपाए लुकेर

साँझमै उकेराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरको दर्शन गरेको तस्बिरसहितको समाचार प्रकाशित गर्यो। प्रधानमन्त्री दाहालसहित मन्त्रीहरूको टोलीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन्।
पूरा समाचारः प्रधानमन्त्री प्रचण्डद्वारा महाकालेश्वरपछि पशुपतिनाथ दर्शन, केही मन्त्री पनि साथमै

२७ जेठ, २०८०, २२:१७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।