हार्ली डेभिड्सन एभरेस्ट च्याप्टरले मानसिक स्वास्थ्यका लागि हेलो डटकमसँग सहकार्य गर्ने

हार्ली डेभिड्सन एभरेस्ट च्याप्टरले मानसिक स्वास्थ्यका लागि हेलो डटकमसँग सहकार्य गर्ने

काठमाडौँ : हार्ली डेभिड्सनका प्रयोगकर्ताहरूको समूह एभरेस्ट च्याप्टरले मानसिक स्वास्थ्यका लागि सहयोग जम्मा गर्न च्यारिटी यात्रा गरेको छ। शनिवार वसन्तपुरबाट च्यारिटी राइड सुरु भएर भक्तपुरहुँदै नक्सालको बङलो बार एन्ड किचेनमा पुगेर समापन भएको थियो।

नेपाल बाहिर रहेका नेपालीहरूले आफ्नो स्वास्थ्यको समस्या अरूलाई सेयर गर्न नसक्ने र त्यसले मानिसमा नकारात्मक असरलाई रोक्न च्यारिटी यात्रा गरिएको एभरेस्ट च्याप्टरका सदस्य डा दिपन विष्टले बताए।

‘नेपालीहरूले विदेशमा जुन सुकै काम गरेका छन्। एउटै रूपमा पाँच छ जना सुतेका छन्।स्वास्थ्यमा समस्या पर्दा उपचार गर्न सकिरहेका छैनन्। किनभने डाक्टरहरू पनि महँगो छन् त्यहाँ। त्यस्ता समस्यालाई समाधान गर्न  एनजिओसँग मिलेर अनलाइन हेलो डटकमसँग सल्लाह लिने व्यवस्था गर्न लागेका छौ,’ एभरेस्ट च्याप्टरका सदस्य डा विष्टले भने।

उनले विदेशमा रहेका नेपालीले आफ्नो मानसिक स्वास्थ्यका बारेमा जानकारी लिन भाइबर,ह्वाट्सएप लगायत जुनसुकै माध्यमबाट परामर्श लिन सकिने बताए।

बङलो बारमा हुने च्यारिटी डिनरबाट सङ्कलित रकम मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने समथा साइकोलोजिकल प्रालीलाई हस्तान्तरण गरिने समेत उनले जानकारी दिए।

विष्टका अनुसार नेपालमा भन्दा  वैदेशिक रोजगारीमा जुनसुकै देशमा पुगेका नेपालीहरूले यसमा सहभागिता जनाउन सक्नेछन्। यसैका लागि मानसिक स्वास्थ्यलाई सहयोग पुगोस् भनेर कार्यक्रम आयोजना गरिएको उनले बताए। 

जेठ २७, २०८० शनिबार २०:५५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।