वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई ४४४ रनको लक्ष्य, पहिलो विकेट खस्यो

वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई ४४४ रनको लक्ष्य, पहिलो विकेट खस्यो

काठमाडौं : वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको चौथो दिन अस्ट्रेलियाले २७० रन बनाएर आफ्नो दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको छ।

पहिलो इनिङ्मा १७३ रनले अगाडि रहेको अस्ट्रेलियाले २७० रन बनाएर इनिङ्स समाप्तीको घोषणा गरेपछि भारतले अब जितका लागि ४४४ रनको लक्ष्य पाएको छ।

दोस्रो इनिङ्समा अष्ट्रेलियाका लागि विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारीले सर्वाधिक अविजित ६६ रनको योगदान दिए। भारतका स्पिनर रविन्द्र जडेजाले ३ विकेट लिए।

अष्ट्रेलियाको टोली पहिलो इनिङ्समा ४६९ रनमा अलआउट भएको थियो।

सो इनिङ्समा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले १२१ र ट्राभिस हेडले १६३ रनको शतकीय पारी खेलका थिए।

भारतका लागि तेज बलर मोहम्मद सिराजले ४ विकेट लिएका थिए।

अस्ट्रेलियाले पहिलो इनिङ्समा बनाएको ४६९ रनको जवाफमा भारतले २९६ रन बनाएको थियो।

भारतका लागि अजिंक्य रहाणेले सर्वाधिक ८९ रनको इनिङ खेलेका थिए।

जवाफी ब्याटिङ गरिरहेको भारत ७.१ ओभरको समाप्तीमा १ विकेट गुमाएर ४१ रन बनाएको छ। भारतका लागि शुभमन गिल १८ रन बनाएर आउट भए।

खेलको विजेताले १६ लाख अमेरिकी डलरको पुरस्कार पाउँदा उपविजेताले ८ लाख डलरमा चित्त बुझाउनुपर्नेछ।

जेठ २७, २०८० शनिबार २०:१६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।